रारा ताल । मुगुको पर्यटकीय क्षेत्रको रूपमा रहेको छायानाथ रारा नगरपालिकास्थित रारा ताल र आसपासको मंगलबार साँझपख देखिएको दृश्य। तस्बिर: हेमन्त केसी/रासस
मध्य कालीगण्डकी जलविद्युत आयोजनाको एप्रोच कल्भर्ट । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरस्थित ६६ दशमलव तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बाँधदेखि सुरूङमा पानी लैजान निर्माण थालिएको एप्रोच कल्भर्ट। आईएमई समूहको हाइड्रो सपोर्ट प्रालि प्रर्वद्धक रहेको आयोजना निर्माण स्थलमा परिचालित भएको सिभिल ठेकेदार रुसुवा मल्टी जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम सुरू गरेको छ। तस्बिरः सन्तोष गौतम/रासस
हिमशृङ्खला अवलोकन गर्दै पर्यटक । लमजुङको क्व्होलासोथार गाउँपालिका–६, पसगाउँस्थित ऐतिहासिक तथा पर्यटकीयस्थल क्होम्रे डाँडाबाट हिमशृङ्खला अवलोकन गर्दै आन्तरिक पर्यटक। यो स्थानबाट अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रे लगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ। तस्बिर: बिराट न्यौपाने/रासस
छुङ्गुर गाउँ । मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका-२ मा अवस्थित छुङ्गुर गाउँ। मुक्तिनाथ मन्दिरको पारिपट्टी रहेको छुङ्गुर गाउँ ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले धनी छ। यहाँका स्थानीयहरू बौद्ध धर्मप्रति आस्था र विश्वास राख्ने गर्छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस
ड्रागन खेती । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित साँघबगरमा कृषकले परीक्षणका रूपमा गरेको ड्रागन खेती। उच्च पोषणयुक्त यो फल व्यावसायिक रूपमा सम्भावनायुक्त मानिन्छ। स्थानीय किसानहरू नयाँ विकल्पका रूपमा यसको व्यावसायिक उत्पादनतर्फ आकर्षित हुन थालेका छन्। तस्बिर: दिलकुमार लिम्बू/रासस