आजका तस्बिर- फागुन २०
आजका तस्बिर- फागुन २०
पाइप फुट्दा सडक अवरूद्ध ।  काठमाडौंको थापाथली चोक नजिक मंगलबार बिहान मेलम्चीको पाइप फुट्दा नर्भिक हस्पिटल जाने सडक अवरूद्ध। तस्बिरः नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- फागुन २०
सेताम्मे फाँट ।  जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरे चौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू। तस्बिर:विजय रावत/रासस
आजका तस्बिर- फागुन २०
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ।  ड्रोनबाट खिचिएको चितवनको भरतपुर महानगरपालिकाको रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र आसपासको क्षेत्र। तस्बिर: सनद अधिकारी/रासस
आजका तस्बिर- फागुन २०
ढकमक्क लालीगुराँस ।  सुर्खेत र दैलेखको सिमानामा रहेको गुराँस गाउँपालिका-६ भ्यू चुलामा ढकमक्क फुलेको लालीगुराँस। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- फागुन २०
दाउराको जोहो ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाका महिला नजिकैको वनबाट दाउराको भारी बोकेर घरतर्फ फर्कँदै। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
प्रतिक्रिया दिनुहोस्