पर्यटकीय पसगाउँ । लमजुङ क्वहोलासोथार गाउँपालिका ६ स्थित पर्यटकीय पसगाउँ। २५ वटा घरबास रहेको यहाँ परम्परगत घर, गुरूङ समुदायको वेशभूषा, कला, संस्कार संस्कृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। तस्बिर: जनक श्रेष्ठ/रासस
मनास्लु हिमाल । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूलढुङ्गादेखि बरालथोकसम्म एक हजार सात सय मिटर लामो ‘बन्दीपुर केबलकार’बाट सोमबार बिहान देखिएको मनास्लु र बौद्ध हिमालको मनोरम दृश्य। तस्बिरः सागर गिरी/रासस
फेवातालमा माछापुच्छ्रे । पोखराको ड्याम साइडबाट सोमबार बिहान फेवातालमा माछापुच्छ्रे हिमालको अद्भूत दृश्य। कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल लगायतका प्राकृतिक छटाको रसस्वादन गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन्। तस्बिरः राधिका कँडेल/रासस
गोरखा बजार । गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार र आसपासको क्षेत्र। तस्बिर: चन्दकला क्षेत्री/ रासस