बफोन नेपालमा । इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आएका छन्। उनी केपी ओली कपको आयोजक युवासंघको निम्तोमा आइतबार काठमाडौं आइपुगेका हुन्। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
काठमाडौं । दुई दिन वर्षा भएपछि काठमाडौं खुलेको छ। आइतबार बिहानैदेखि काठमाडौं घमाइलो छ। तस्बिरः नेपाल फोटो लाइब्रेरी।
त्रिवि क्रिकेट मैदान । मौसम खुलेसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान। तस्बिरः नेपाल फोटो लाइब्रेरी।
राहुघाट जलविद्युत आयोजना । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ र ४ को सिमानामा निर्माणको अन्तिम चरणमा पुगेको बाँध । यस आयोजनाको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । तस्बिरः सन्तोष गौतम/रासस
हिमश्रृंखला । आइतबार मौसम सफा भएको बेला गोर्खा जिल्लाको सहिदलखन गाउँपालिका–७ बाट देखिएको हिमशृङ्खला। तस्बिरः चन्दकला क्षेत्री÷रासस
चिरिबिरी चरा । लालझाडी गाउँपालिकाको चाँनदेव क्षेत्रको खेत छेउमा गाँडिएको खाँवामा बसेको चिरीबिरीे चरा । खेत, अग्लो घाँस भएको क्षेत्र र झाडीमा यो चरा पाइने गरेको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस