आजका तस्बिर- फागुन १५
आजका तस्बिर- फागुन १५
फेवातालमा पर्यटक ।  पोखराको फेवातालमा डुङ्गा सयरमा रमाउँदै पर्यटक । पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको छ। तस्बिर: राम थापा/रासस
आजका तस्बिर- फागुन १५
बाजा बजाउँदै ।  ४३औँ मगर सङ्घ स्थापना दिवसका अवसरमा तनहुँको दमौलीमा बिहीबार निकालिएको प्रभातफेरीमा बाजा बजाउँदै मगर समुदाय। मगर सङ्घको स्थापना दिवसका अवसरमा जिल्लाका १० वटै स्थानीय तहमा विविध कार्यक्रम आयोजना गरिएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- फागुन १५
मानव निर्मित विशाल शालग्राम ।  मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रहेको विशाल शालग्राम। मुक्तिनाथ दर्शन गर्न जाँदा कागबेनी गाउँ नजिकैको सडक छेवैमा रहेको यो शालग्राम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- फागुन १५
अर्जुन चौपारी बजार-स्याङ्जा ।  स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको केन्द्र वडा नं. १ स्थित अर्जुन चौपारी बजार। तस्बिर: तोलाकान्त बगाले/रासस
आजका तस्बिर- फागुन १५
डुङ्गा सरर ।  घोराही उपमहानगरपालिका-५स्थित पाण्डवेश्वर मन्दिर धारपानी परिसरमा निर्माण गरिएको जलाशयमा डुङ्गामा रमाउँदै आन्तरिक पर्यटक। जलाशयमा डुङ्गा सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको संख्या बढेको छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस्