आजका तस्बिर- फागुन १४
आजका तस्बिर- फागुन १४
उखु गन्तव्यतर्फ लैजाँदै ।  पोखराको पृथ्वीचोकबाट शिवरात्रि पर्वलाई चाहिने उखु रिक्सामा राखेर गन्तव्यतर्फ लैजाँदै युवा। शिवरात्रिमा उखु आगोमा पोली पड्काएर खाने चलन छ। तस्बिरः राम थापा/रासस
आजका तस्बिर- फागुन १४
टुँडिखेलमा मनाइयो सेना दिवस ।  काठमाडौंको टुँडिखेलमा २६२ औं सेना दिवस मनाइएको छ। शिवरात्रिको दिनमा पर्ने सेना दिवस बुधबार टुँडिखेलमा मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन १४
पशुपतिनाथ मन्दिर परिसरमा फूलले सजाइएको शिवालिंग ।  पशुपतिनाथ मन्दिर परिसरमा फूलले सजाइएको शिवालिंग। आज शिवरात्रिको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको भिड छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन १४
आहाराको खोजीमा हाडीफोर ।  मोरङ पथरी शनिश्चरे नगरपालिका–४ स्थित खेतीयोग्य जमिनतिर आहाराको खोजीमा उडिरहेका हाडीफोर चरा। एक दशकअघि ठूलो सङ्ख्यामा तराई जिल्लामा देखिने हाडिफोर किसानले खेतीपातीमा कीटनाशक औषधि छर्किन थालेपछि अहिले आकलझुक्ल देखिने र लोप हुने अवस्थामा पुगेको छ। हाडीफोर बस्ने ठूल्ठूला रूखहरू विस्तारै मासिन थालेपछि यी पन्छी लोप हुन थालेका हुन्। तस्बिरः गोपाल काफ्ले/रासस
आजका तस्बिर- फागुन १४
पूजाअर्चनाका लागि गंगा सागरमा स्नान ।  महाशिवरात्रिको अवसरमा जनकपुरधामस्थित पवित्र सरोवर गंगा सागरमा यहाँ अवस्थित शिवालयमा पूजाअर्चनाका लागि स्नान गर्दै भक्तजन। केही भक्तजनहरूले गंगा, यमुना र अदृश्य सरस्वती नदीको सङ्गम प्रयागराजको ल्याएको जल गंगा सागरमा अर्पण गरी स्नानपछि पूजाअर्चना गरेका छन्। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
प्रतिक्रिया दिनुहोस्