आजका तस्बिर- फागुन १३
आजका तस्बिर- फागुन १३
धारपानी धाममा १०८ गौमूखी धारा ।  दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानी धाम परिसरमा विभिन्न दाताहरूको सहयोगमा निर्माण भएको १०८ गौमूखी धाराहरू। धाराहरूमा नियमित पानी खसाल्नका लागि बबई नदीको पानी लिफ्टिङ गरेर पोखरीमा जम्मा गरिएको र पाइपमार्फत् गौमूखी धाराहरूमा खस्ने व्यवस्था मिलाइएको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन १३
हिउँमा रमाउँदै पर्यटक ।  बागलुङ, पूर्वीरूकुम र रोल्पाको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल पातीहाल्नेमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक। लोकमार्ग कालोपत्र भएसँगै यहाँ पुग्ने आन्तरिक पर्यटकमा वृद्धि भएको छ। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- फागुन १३
कृषि फार्म ।  म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा जग्गा चक्लाबन्दी गरेर गरिएको व्यावसायिक आलुखेती। हरियाली ग्रुप प्रालिले सिङ्गा र आगेबगरमा ५५ रोपनी जग्गा चक्लाबन्दी गरेर कृषि 'फार्म' सञ्चालन गरेको छ। तस्बिर: सन्तोष गौतम/ रासस
आजका तस्बिर- फागुन १३
चरनका लागि राखिएका मौरी ।  दाङको घोराही उपमहानगरपालिका-६ स्थित गुरूवा गाउँमा चरनका लागि बारीमा राखिएका मौरी। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन १३
जलेश्वरनाथ मन्दिरको सजावट ।  महाशिवरात्रि पूजाका लागि सजावट गरिएको महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको मन्दिर। तस्बिरः सञ्जीतकुमार मण्डल/रासस
प्रतिक्रिया दिनुहोस्