आजका तस्बिर- फागुन १२
आजका तस्बिर- फागुन १२
श्रीराम महाक्रतु स्तम्भ ।  हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा रहेको श्रीराम महाक्रतु स्तम्भ। मुक्तिनाथ मन्दिरका प्रमुख पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार उक्त स्तम्भभित्र एक हजार करोड रामनाम मन्त्र रहेको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- फागुन १२
ओलाङचुङगोला बस्ती ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ स्थित ओलाङचुङगोला बस्ती। यो बस्तीबाट २४ किलोमिटर दूरीमा नेपाल-चीन व्यापारिक नाका टिप्ताला पुग्न सकिन्छ। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- फागुन १२
मनकामना मन्दिर-तनहुँ ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोलीमा निर्माण गरिएको मनकामना मन्दिर। पार्कसहितको यस ठाउँ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- फागुन १२
टहरा भत्काउँदै ललितपुर महानगर ।  ललितपुर महानगरपालिकाले डोजर प्रयोग गरेर महानगरपालिका–५ स्थित लगनखेलको न्हुँ पुखुको पूर्वपट्टिका टहराहरू भत्काउँदै। न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर चलाएको हो। तस्बिरः माधवप्रसाद घिमिरे/रासस
आजका तस्बिर- फागुन १२
वेशभूषामा सजिएर आएका विद्यार्थी ।  बर्दिबासमा आइतबारबाट सुरू भएको शैक्षिक महोत्सवमा विभिन्न जातीय वेशभूषामा सजिएर आएका विद्यार्थीहरू। महोत्सवमा नगरका ५२ विद्यालयको सहभागिता रहेको छ। तस्बिर: गोपालप्रसाद बराल/रासस
प्रतिक्रिया दिनुहोस्