आजका तस्बिरः फागुन ११
आजका तस्बिरः फागुन ११
उखु संकलन ।  काठमाडौँको शङ्खरापुर नगरपालिका–१ स्थित पोखरीखोला ढकाल गाउँका किसान रस निकाल्न संकलन गरेका उखु। मेसिनको प्रयोगमा निकालिएको उखुको रस यहाँका किसान खुदो, सखरको रूपमा बिक्री गर्ने गरेका छन्। तस्बिरः हरिराम भेटुवाल/ रासस
आजका तस्बिरः फागुन ११
चर्दै गरेका चितल ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्याली नदीको बगरमा चर्दै गरेका चितल। निकुञ्जमा संख्या बढेपछि बाह्य क्षेत्रमा पनि चितल पाइन थालेका छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
आजका तस्बिरः फागुन ११
तिलौराकोट दरबार क्षेत्रको केन्द्रीय संरचना ।  कपिलवस्तु नगरपालिकास्थित बुद्धकालीन प्रसिद्ध तिलौराकोट दरबार क्षेत्रको केन्द्रीय संरचना। पुरातात्विक दरबारमा गौतम बुद्धले २९ वर्ष व्यतीत गरेका थिए। तस्बिरः धर्मेन्द्र झा/ रासस
आजका तस्बिरः फागुन ११
हिउँ पन्छाउँदै सशस्त्र प्रहरी ।  सशस्त्र प्रहरीले मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत खिङ्गा गाउँ हुँदै झारकोटदेखि रानीपौवा बजार र मुक्तिनाथ मन्दिर परिसरमा हिउँ पन्छाउँदै। हिमपातले सावारीसाधन रोकिएपछि सडक खुलाउन मुस्ताङ जिल्लाका १५ जना सशस्त्र प्रहरी जवानले हिउँ पन्छाएर आवतजावतमा सहज गराएका छन्। तस्बिरः सुशीलबाबु थकाली/ रासस
आजका तस्बिरः फागुन ११
सिलुमा दह ।  चंखेली गाउँपालिकाको लिमिबाट कैलाश मनसरवर दर्शन गर्न जाँदा बीच बाटोमा भेटिने सिलुमा दह। तस्बिरः कालीबहादुर थापा/ रासस
प्रतिक्रिया दिनुहोस्