आजका तस्बिर- फागुन ८
आजका तस्बिर- फागुन ८
जलविद्युत आयोजनाको बाँधस्थल ।  म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लास्थित ५३ दशमलव ५ मेगावाट क्षमताको अपरम्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण गर्नका लागि डोजरको सहयोगमा पहाड काट्दै। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरूङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- फागुन ८
कालो गरूड ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाही जलाशयमा देखिएका हिउँद छल्न बेँसी झरेका नेपालको संरक्षित चरा ‘कालो गरूड’। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन ८
हाँसका बथान ।  मोरङको बेलबारी नगरपालिकास्थित बेतना सिमसारमा जलक्रीडामा रमाउँदै गरेका हाँसका बथान। तस्बिर: मणिराम दाहाल/रासस
आजका तस्बिर- फागुन ८
‘क्विन टावर’ ।  तनहुँको बन्दीपुर गाउँपालिका–४ बरालचोकमा निर्माणाधीन अवस्थामा रहेको होटल बन्दीपुर ‘क्विन टावर’। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निर्माण गरिरहेको पाँचतारे होटलमा पर्यटक स्टान्डर्डका करिब ८० वटा कोठाहरू निर्माणको अन्तिम चरणमा रहेको छ। तस्बिरः सागर गिरी/रासस
आजका तस्बिर- फागुन ८
नेटाकोट गाउँ ।  अछाम जिल्लाको रामारोशन गाउँपालिका-५ मा अवस्थित नेटाकोट गाउँ र पृष्ठभूमिमा देखिएको गहुँ र जौं बाली। तस्बिरः सुशील भण्डारी/रासस
प्रतिक्रिया दिनुहोस्