भक्तजनलाई बोकेर मुक्तिनाथ मन्दिर लैजाँदै । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गराउन बोकेर लैजाँदै मजदुर । विशेषगरी वृद्धावस्थाका र शारीरिक रूपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरूले दर्शन गर्न मजदुरको सहायताले लिने गरेका छन्। मजदुरका अनुसार एक जना पर्यटकलाई मन्दिरसम्म लगेको चार हजार रूपैयाँ लिने गरेका छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस
फाँटको हरियाली । अछामको मङ्गलसेन नगरपालिका -१४ कालागाउँ रोलमा अवस्थित फाँटको हरियाली। यो फाँट अन्न उत्पादनका लागि उपयुक्त मानिन्छ। तस्बिर: सुशिल भण्डारी /रासस
थानीमाई मन्दिर र बन्दीपुर बजार । तनहुँको बन्दीपुर गाउँपालिका -२ मा रहेको थानीमाई मन्दिर र बन्दीपुर बजार। बन्दीपुर प्राकृतिक मनोरम दृश्य, यहाँको संस्कृति र रहनसहनले पर्यटकमाझ चर्चित छ। तस्बिर: सागर गिरी/रासस
फाल्गुनन्दको सालिक । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ साँघ गाउँमा रहेको राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरू फाल्गुनन्दको सालिक। तस्बिरः दिलकुमार लिम्बू/रासस