बाटुलासैन गाउँ-अछाम । अछाम जिल्लाको रामारोशन गाउँपालिका-५ नेटाकोटबाट देखिएको सोही गाउँपालिका वडा नम्बर ४ स्थित बाटुलासैन गाउँ। तस्बिर: सुशिल भण्डारी/रासस
।
चरनका लागि राखिएका मौरी । दाङको घोराही उपमहानगरपालिका–६ चैनपुरको खेतमा चरनका लागि राखिएका मौरी। तस्बिरः रञ्जिता अधिकारी/रासस
चर्दै गरेका भेडाका बथान । म्याग्दीको धवलागिरी गाउँपालिका–५ भेडिखाल्टाको बराह बनको चरन क्षेत्रमा चर्दै गरेका भेडाका बथान। घुम्ती गोठका भेडाहरू यतिबेला चरनका लागि वेशीमा झारिएका छन्। तस्बिर: कमल खत्री/रासस
मोवाटार फाँट । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित मोवाटारफाँट । समुद्र सतहदेखि चार हजार ६०० मिटर उचाइमा अवस्थित छ यही मार्ग हुँदै नेपाल–चीन सीमा जोड्ने टिप्ताला नाका जाने गरिन्छ। तस्बिरः दिलकुमार लिम्बू/रासस