मौरिस हर्गोज पदमार्ग । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्ग अन्तर्गत भुसकेत नजिकैको झोलुङ्गे पुल तर्दै गरेका पदयात्री र पृष्ठभूमिको निलगिरि हिमालको दृष्य। तस्बिर: सन्तोष गौतम/रासस
ढकमक्क फुलेको सिमल । सुनसरीको इनरूवा नगरपालिका-३ स्थित पुरानो चिनी मिल अगाडि ढकमक्क फुलेको सिमलको फूल। तस्बिर: नवीन गड्तौला/रासस
तोरी खेती । दाङको घोराही उपमहानगरपालिका–७ स्थित शुक्रबारका किसानको खेतमा पहेँलपुर भएर फुलेको तोरी। तस्बिर: सुशीला ओली/रासस
हिउँले ढाकिएको घरका छानो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, स्थित साम्दो हिउँले ढाकिएको घरका छानो। नुब्री भ्यालीमा र आसपास क्षेत्रमा सोमबार राति यस पटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको छ। तस्बिरः दीपक श्रेष्ठ/रासस
टुकुचा सफाइ । काठमाडौंको भद्रकालीस्थित टुकुचा खोलामा सोमबार सरसफाइ गर्दै काठमाडौँ महानगरपालिकाका सफाइ कर्मचारी। तस्बिरः किरणराज विष्ट/रासस