चियाबारी सिँचाइ । इलामको माई नगरपालिकास्थित चिलिमकोट चिया बगानमा 'स्प्रिङकल' जडान गरी सिँचाइ गरिँदै। लामो समय वर्षा नभएपछि चिया बगानमा वैकल्पिक व्यवस्था गरी सिँचाइ सुरू गरिएको हो। तस्बिर: रामकुमार लिम्बू/रासस
गोरूको सहायताले तोरीमा दाइँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसान तोरीमा गोरूको सहायताले दाइँ (गहनी) लगाउँदै। आधुनिक कृषि यन्त्रको बढ्दो प्रयोगसँगै पछिल्लो समय दाइँ लगाउने चलन हट्दै जान थालेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
ओझेलमा घासा गाउँ । मुस्ताङको थासाङ गाउँपालिका–४ मा अवस्थित पुरानो घासा गाउँ। कुनै बेला यही गाउँको गोरेटो बाटो हुँदै घोडा, खच्चड, स्थानीय बासिन्दा र तीर्थयात्री आउजाउ गर्ने घासा गाउँमा पक्की सडक निर्माण भएपछि यो गाउँ र गोरेटो बाटो ओझेलमा परेको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
भेडाको बथान । सुनसरीको हरिनगर गाउँपालिकाका किसान खिलानन्द पाल भेडाको बथान चराउन लैजाँदै। सय वटा भेडा पालेका पाल हिजोआज चरन क्षेत्रको अभाव हुँदा भेडा पाल्न समस्या भएको बताउँछन्। तस्बिरः नवीन गड्तौला/रासस