आजका तस्बिर- फागुन २
आजका तस्बिर- फागुन २
प्रेमको प्रतीक रानीमहल ।  प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल। कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल दरबार नेपालको ताजमहलका रूपमा चिनिन्छ। प्रणय दिवसको अवसरमा रानीमहलमा प्रेम जोडीहरू पुग्ने गर्छन्। तस्बिर: सुशीला रेग्मी/रासस
आजका तस्बिर- फागुन २
फुलेको सिमल ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा फुलेको सिमल। म्याग्दी र कालीगण्डकी नदी आसपासका क्षेत्रमा सिमल फुलेर वनपाखा रङ्गिएका छन्। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- फागुन २
मकैको जोहो ।  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-६ लुङ्थुङ गाउँमा किसानले घर बाहिर थाङ्ग्रोमा राखेको मकै। तस्बिर: दिलकुमार लिम्बू/रास
आजका तस्बिर- फागुन २
सडक कालोपत्र गरिँदै ।  चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारमा शुक्रबार सडक कालोपत्र गरिँदै। नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको मलेखु–मुग्लिन सडकखण्डको कुरिनटारमा कालोपत्र सुरू गरिएको हो। तस्बिर:हीरालाल गुरूङ/रासस
प्रतिक्रिया दिनुहोस्