सेताम्मे हिमाल । मुस्ताङको घरपझोङ गाउँपालिका–४ स्थित कालीगण्डकी बगरबाट देखिएको निलगिरी, धौलागिरी र मानापाथी हिमालसहितका हिमश्रृङ्खला। गत सोमबार परेको आंशिक हिमपातपछि यी हिमालहरू सेताम्मे देखिएको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
बाँसको जरा ओेसार्दै महिला । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहा बजार नजिकैबाट सुकेको बाँसको जरा ओसार्दै महिला। सुकेको बाँसको जरा खाना पकाउन, गाईवस्तुलाई खुवाउन कुँडो पकाउन र आगो ताप्न प्रयोग गरिन्छ। तस्बिर: नवीन गड्तौला/रासस
तीनमुखे झोलुङ्गे पुल । गुल्मी-पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीस्थित कालीगण्डकी नदीमा निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल। तस्बिर: जनार्दन घिमिरे/गुल्मी
सिङ्जेमा ताल । समुद्र सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुगोला क्षेत्रमा रहेको सिङ्जेमा ताल। पछिल्लो समय तमोर करिडोर सडक टिप्ताला भन्ञ्याङ पुगेसँगै सिङ्जेमा ताल पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस