दरबारमार्गका फुटपाथमा ग्रानेट बिछ्याउँदै काठमाडौं महानगर । काठमाडौं महानगरपालिकाले दरबारमार्गका फुटपाथमा ग्रानेट बिछ्याएको छ। महानगरले नारायणहिति संग्रहालय अगाडिको महानगर प्रहरी वृत्तदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रानेट बिछ्याउने काम गरिरहेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
रंगिँदै पशुपति । महाशिवरात्रि नजिकिँदै गर्दा हिन्दुहरूको पवित्रस्थल पशुपतिमा यतिबेला नयाँ रङ्ग लगाउन थालिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सामाजिक सञ्जाल विधेयकको विरोधमा नेविसंघको प्रदर्शन । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गरेको छ। नेविसंघले बुधबार माइतीघर मण्डलमा उक्त विधेयकको विरोधमा प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बबरमहलमा मेलम्चीको पाइप फुट्यो । मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुट्दा काठमाडौंको बबरमहलमा खोलै बगेको छ। पाइप फुटेपछि वन परिसरभित्र पानी पसेको छ।तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
शालिनदी र माधवनारायण मेलाको अन्तिम दिन । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि व्रत समापन गरिएको छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी