आजका तस्बिर- माघ २९
आजका तस्बिर- माघ २९
धौलागिरि हिमाल ।  मङ्गलबार बिहान मुस्ताङबाट देखिएको सेताम्मे धौलागिरि हिमाल। सोमबार दिउँसो मुस्ताङमा आंशिक हिमपात भए पनि यस वर्ष अझै गत वर्षहरू जस्तो धेरै हिमपात हुन सकेको छैन। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- माघ २९
खोला तर्दै पदयात्री ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सुगुरथला देखि धौलागिरि हिमालको आधार शिविर जाने क्रममा राहुघाट खोला तर्दै पदयात्रीहरू। धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा पर्ने यस क्षेत्रमा आवतजावतका लागि झोलुङ्गे पुलको आवश्यकता छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- माघ २९
चौरीखर्कमा चरिरहेका याकचौरी ।  मनाङ ङिस्याङ गाउँपालिका–५ मा अवस्थित चौरीखर्कमा चरिरहेका याकचौरी र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल। जाडोमा तल झारिएका याकचौरी गर्मीयाममा यसै हिमालको फेदीमा लैजाने गरिन्छ। तस्बिरः नवीन लामिछाने/रासस
आजका तस्बिर- माघ २९
तमोर नदीमा काठेपुल ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुगोला क्षेत्रबाट सुरू हुने 'ग्रेट हिमालयन ट्रेल' अन्तर्गत तमोर नदीमाथि रहेको काठेपुल। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्