आजका तस्बिर- माघ २८
आजका तस्बिर- माघ २८
आहारा खोज्दै चरा ।  शुक्लाफाँटा नगरपालिका-२ स्थित तोरीबालीमा आहारा खोज्नका लागि बसेको काले झ्याप्सी चरा। खेतवारी, खरवारी, घाँसे मैदानमा बासस्थान भएको यो चरा रैथाने प्रजातीको हो। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
आजका तस्बिर- माघ २८
रानी जलाशय ।  दाङको तुलसीपुर उपमहानगरपालिका-१८ स्थित रानी सामुदायिक वन भित्र निर्माण गरिएको रानी जलाशय। सिँचाइ तथा पर्यावरणकालागि वृहत दाङ उपत्यका सिँचाइ आयोजनाले उक्त जलाशय निर्माण गरेको हो। तस्बिरः दीपक बोहरा/ रासस
आजका तस्बिर- माघ २८
शिवमूर्ति ।  तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारको 'बटम स्टेशन'मा निर्माण गरिएको ४२ फिट अग्लो शिवको मूर्ति। तस्बिरः कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर- माघ २८
ङिस्याङ उपत्यका र मर्स्याङ्दी नदी ।  मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राकास्थित मर्स्याङ्दी नदीको काठेपुल तरेर चरन क्षेत्रतिर जाँदै गरेको लुलुगाई र पृष्ठभूमिमा ङिस्याङ उपत्यका। तस्बिर: नवीन लामिछाने/ रासस
आजका तस्बिर- माघ २८
जोमसोम र आसपासका क्षेत्र ।  मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बाबाट देखिएको जोमसोम सदरमुकाम र आसपासका क्षेत्रहरू। यस वर्ष हिमपात नहुँदा डाँडकाँडा सुख्खा देखिनुका साथै हिउँदे सिजनमा मुस्ताङ घुम्न आउने पर्यटकहरु हिउँ खेल्न नपाउँदा निराश भएका छन्। तस्बिरः सुशीलबाबु थकाली/ रासस
प्रतिक्रिया दिनुहोस्