खानेपानी मन्त्रालयमा आगलागी । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान लागेको आगलागीका कारण भएको क्षति। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तस्बिरः विमलबाहादुर बिष्ट/रासस
शैलुङडाँडा आन्तरिक पर्यटक । दोलखा जिल्लाको शैलुङ गाउँपालिका–८ स्थित पर्यटकीय स्थल शैलुङडाँडा शनिबार घुम्न आएका आन्तरिक पर्यटक। तस्बिरः हरिराम भेटुवाल/रासस
धौलागिरि आधार शिविर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूगोलमा पर्ने धौलागिरि हिमालको आधार शिविरमा पुगेका आन्तरिक पर्यटक । समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको धौलागिरि आधार शिविर पर्यटक र पूर्वाधारको पर्खाइमा छ। तस्बिरः सन्तोष गौतम/रासस
हिमशृङ्खला । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिएको हिमशृङ्खला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
हिउँ पग्लँदै । नेपाल–चीन सिमाना रहेको ताप्लेजुङको टिप्ताला क्षेत्रमा पग्लँदै गरेको हिउँ। जलवायु परिवर्तनका कारण यहाँ हिउँ पर्न कम हुँदै गएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस