भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै । जाडो छल्नका लागि बेँसी झारिएका भेडाच्याङ्ग्रा गर्मी लाग्न थालेपछि लेकतिर लैजाँदै। कात्तिक महिनाबाट बेँसीतिर झारिएका गोठहरू माघको दोस्रो, तेस्रो हप्ताबाट लेकतिर लैजाने चलन रहेको छ। तस्बिरः नवीन लामिछाने/रासस
नेपाल फर्किए ९ महिनासम्म युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा । ९ महिनासम्म युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा नेपाली आज स्वदेश फर्किएका छन्। उनीहरूलाई नेपाली दूतावास जर्मनी, गैरआवासीय नेपाली संघ र युक्रेनस्थित श्रीलंकाको वाणिज्यदूतको संयुक्त पहलमा त्यहाँबाट उद्धार गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सिम भञ्ज्याङ पोखरी । मकवानपुरको थाहा नगरपालिका–४ स्थित रहेको सिम भञ्ज्याङ पोखरी। तस्बिरः हरिराम भेटुवाल/रासस
गलैँचाको बुट्टा मिलाउँदै एक उद्यमी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँमा गलैँचाको बुट्टा मिलाउँदै एक उद्यमी। उच्च हिमाली क्षेत्र भएकाले खेतीपाती सम्भव छैन, जसकारण गलैँचा उत्पादन यहाँको मुख्य आम्दानीको स्रोत बनेको छ। यहाँ उत्पादन भएका गलैँचा चीन निर्यात हुने गरेका छन्। तस्बिरः दिलकुमार लिम्बू/रासस
क्यान इन्फोटेक-२०२५ सुरू । आजदेखि ३० औं संस्करणको क्यान इन्फोटेक- २०२५ सुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा कार्यक्रम सुरू भएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी