आजका तस्बिर- माघ २४
आजका तस्बिर- माघ २४
कमलपोखरीको शान्दार म:म रहेको भवनमा आगलागी ।  काठमाडौं महानगरपालिका-३० कमलपोखरीस्थित शान्दार म:म रहेको भवनमा आगलागी हुँदा ११ जना घाइते भएका छन्। बिहीबार बिहान ८:५० बजे आगलागी हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी अपिलराज बोहरलाले जानकारी दिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ २४
नेपाल-चीन सीमास्तम्भ ।  समुद्र सतहदेखि ५ हजार १०० मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङमा रहेको नेपाल-चीन सीमास्तम्भ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- माघ २४
धौलागिरि हिमालको आधार शिविर ।  समुद्र सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को मा पर्ने धौलागिरि आइसफल पदमार्गबाट देखिएको धौलागिरि हिमालको आधार शिविर क्षेत्र। धौलागिरि हिमालको फेद देखि शिरसम्म अवलोकन गर्न पाउनु धौलागिरि आइसफल पदमार्गको विशेषता हो। तस्बिर: सन्तोष गौतम/ रासस
आजका तस्बिर- माघ २४
जीर्ण गर्भादरबार ।  कैलालीको चुरे गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक गर्भादरबार। संरक्षण अभावमा उक्त दरबार जीर्ण बन्दै जान थालेको छ। तस्बिर: मीन ठकुरी/रासस
प्रतिक्रिया दिनुहोस्