आजका तस्बिर- माघ २३
आजका तस्बिर- माघ २३
झण्डोत्तोलन ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको २२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पोखरास्थित सङ्ग्रहालय परिसरमा झण्डोत्तोलन गर्दै। तस्बिरः वासुदेव पौडेल/रासस
आजका तस्बिर- माघ २३
दुर्घटना हुनबाट जोगाउन बसलाई टेको ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका वडा नं ४ कृष्णमन्दिर नजिकैको सडकमा बुधबार बिहान गुडिरहेको यात्रुवाहक बसलाई दुर्घटना हुनबाट जोगाउन लगाइएको टेको। तस्बिरः यज्ञराज आङदेम्बे/रासस
आजका तस्बिर- माघ २३
अपि हिमाल ।  बझाङको छविसपाथिभेरा गाउँपालिका-७ स्थित पाथिभेरा हिमालबाट देखिएको दार्चुलाको अपि हिमाल । सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो अपी हिमालको उचाइ समुद्र सतहबाट ७ हजार १३२ मिटर रहेको छ । यो हिमाल भारत र चीनको तिब्बतसँग सिमाना जोडिएको छ । तस्बिर :भूमिराज पिठातोली / रासस
आजका तस्बिर- माघ २३
मकैको जोहो ।  सङ्खुवासभाकाे मादी नगरपालिका -४ स्थित देव ढुङ्गामा जाेहाे गरेर राखेको मकैकाे थाङ्ग्रो । पछिल्लो समय मकैको थाङ्ग्रो लगाउने प्रचलन लोप हुँदै गएको छ । तस्बिर : भविन कार्की / रासस
आजका तस्बिर- माघ २३
तमोर नदीको उद्गमस्थलमा जमेको हिउँ ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, टिप्ताला भञ्ज्याङ क्षेत्रस्थित तमोर नदीको उद्गमस्थलमा जमेको हिउँ । समुद्री सतहदेखि पाँच हजार १०० मिटर उचाइमा रहेको यस क्षेत्र नेपाल–चीन सीमाबाट बग्ने तमोर नदीको सुरूवाती बिन्दु हो । तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस्