छानामा फुलेको फूल । माेरङकाे सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयकाे विशेष शिक्षा (सुस्त श्रवण) आवासकाे छानाेमा ढकमक्क फुलेको गेटफूल। तस्बिर: मणिराम दाहाल/रासस
तिमाङ जङ्गलको आगो नियन्त्रण बाहिर । मनाङको चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा गत शुक्रबारदेखि लागेको आगो भौगोलिक जटिलताका कारण नियन्त्रणमा कठिनाइ । हाल जिल्ला भित्रका सबै सुरक्षा निकाय र स्थानीय आगो नियन्त्रणमा जुटिरहेका छन् । तस्बिरः नवीन लामिछाने/रासस
एचपिभी खोप लगाउँदै विद्यार्थी । महाराजगञ्जस्थित शिवपुरी उच्च माध्यमिक विद्यालयका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप लगाइँदै। आजदेखि खोप अभियान सुरू भएको हो। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
स्वर्गद्वारी मन्दिर । प्यूठानको स्वर्गद्वारी नगरपालिका-२ स्थित प्रसिद्ध धार्मिक, पर्यटकीयस्थल स्वर्गद्वारी मन्दिर। तस्बिर: कुलदीप न्यौपाने /रासस
बेलायतका राजकुमार काठमाडौंमा । बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्ड काठमाडौं आइपुगेका छन्। मंगलबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी