चित्लाङ । मकवानपुरको थाहा नगरपालिका-९ स्थित चित्लाङ । चित्लाङमा थुप्रै पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जसले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आकर्षित गरिरहेका छन्। यहाँ पर्यटकका लागि घरवास होमस्टे सञ्चालनमा रहेका छन्। तस्बिर: हरिराम भेटुवाल/रासस
बेलिब्रिज पुल । सुर्खेतको सिम्ता गाउँपालिकोको राकम र सल्यानको वनगाड कुपिण्डे नगरपालिका जोड्ने भेरी नदीमा रहेको बेलिब्रिज पुल। यहाँ पक्की पुल नहुँदा ठूला सवारी साधनमा ढुवानी गर्न समस्या हुँदै आएको छ। तस्बिर: हेमन्त केसी/रासस
कर्णाली नदी किनारमा रहेको तुल्ता गाउँ । अछाम जिल्ला र दैलेख जिल्लाको सिमाना भएर बगिरहेको कर्णाली नदीको किनारमा रहेको अछामको तुर्माखाद गाउँपालिका-६ स्थित तुल्ता गाउँ। तस्बिर: सुशील भण्डारी/रासस
पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै काठमाडौंमा प्रदर्शन । ताप्लेजुङमा पाथीभरामा केबलकार निर्माणको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। सोमबार काठमाडौंको माइतीघरमा केबलकार निर्माणको विरोध गर्दै 'नो केबलकार समूहले' प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
सरस्वती मन्दिरमा बालबालिकाको अक्षरारम्भ । काठमाडौंको स्वयम्भुस्थित सरस्वती मन्दिरमा बालबालिकाले अक्षरारम्भ गर्दै। विद्यार्थीले विशेषगरी सरस्वतीको पूजाअर्चना गर्ने र आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी