आजका तस्बिर- माघ २०
आजका तस्बिर- माघ २०
हिउँ पगलिएर हिमाल चट्टानस्वरूपमा ।  ताप्लेजुङको टिप्ताला भञ्याङ क्षेत्रमा रहेको हिमाल हिउँविहीन बन्दै। समुद्र सतहदेखि पाँच हजार एक सय मिटरमा रहेको यस क्षेत्रमा पछिल्लो समय पर्याप्त हिमपात नभएकाले हिमाल चट्टानी स्वरूपमा परिणत हुँदै गएका छन्। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- माघ २०
बिक्रीका लागि राखिएको सरस्वतीको मूर्ति ।  सप्तरीको राजविराजमा सोमबार सरस्वती पूजालाई लक्षित गरी बिक्रीका लागि राखिएको विद्याकी देवी सरस्वतीको मूर्ति। प्रतिमूर्ति सानोठूलो हेरी अहिले तीन हजार रुपैयाँदेखि पाँच हजारसम्म बिक्रीवितरण भइरहेको व्यापारीहरूले बताएका छन्। तस्बिरः अरूणकुमार यादव/ रासस
आजका तस्बिर- माघ २०
राजारानी पोखरी ।  मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित राजारानी पोखरी। उक्त पोखरी यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो। पर्यटकहरु यस स्थलमा अध्ययन, अवलोकन गर्न, वनभोज खान आउने गर्छन्। तस्बिरः मणिराम दाहाल/रासस
आजका तस्बिर- माघ २०
चियादानी ।  तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकारको तल्लो स्टेसनमा पर्यटक आकर्षित गर्न बनाइएको चियादानी। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- माघ २०
अदुवा र बेसार सुकाइँदै ।  सुर्खेतको भेरीगङ्गा– ५ कालिदामारस्थित टोलीखोलामा ६५ रोपनी जग्गा भाडामा लिएर एक हजार चारसय टन अदुवा र तीन सय टन बेसार सुकाइँदै। तस्बिरः रूपनी जिएम/ रासस
प्रतिक्रिया दिनुहोस्