हेलिकप्टर ट्रकमा राखेर लगिँदै । नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लगिँदै। सेना दिवसको अवसरमा सैनिक मुख्यालय भद्रकालीमा आयोजित प्रदर्शनीका लागि सो हेलिकप्टर ल्याइएको थियो। तस्बिर: हरि लामिछाने/रासस
घाँसको जोहो । रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ का महिला नजिकैको जङ्गलबाट घाँस लिएर घर फर्कँदै। तस्बिर: सर्जना कार्की/रासस
त्रिशूल । अर्घाखाँचीको सन्धिखर्क-२ घोचेखोलाको ॐ कारेश्वर शिवालय क्षेत्रमा निर्माण गरिएको ४७ फुट अग्लो त्रिशूल। तस्बिरः प्रेमनारायण आचार्य/रासस
चुक बनाउने तयारी । कैलालीको चुरे गाउँपालिका–६ फलटुडीमा रहेको अचार उद्योगमा चुक बनाउन निबुवा प्रशोधन गर्दै महिला कामदार। स्थानीय बजारमा कालो चुक प्रति लिटर रु. आठ सयमा बिक्री हुने गरेको छ। तस्बिर: मीन ठकुरी/रासस
टिप्ताला भन्ञ्याङमा पहिलोपटक मोटरसाइकल । समुद्र सतह देखि पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्याङमा पहिलोपटक आइपुग्यो मोटरसाइकल। राष्ट्रिय गौरवको आयोजना तमोरकोरिडोर सडक विस्तारले भारत–नेपाल–चीनलाई जोडेको छ। भारतको विराटनगर रानीबाट तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ। दुई सय ९२ किलोमिटर लामो यो सडक भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ। तस्बिरः दिलकुमार लिम्बू/रासस