आजका तस्बिर- माघ १८
आजका तस्बिर- माघ १८
कालिज पालन ।  बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ सलामकोटस्थित कालिज फर्ममा रहेका कालिजहरू। तस्बिर: खेमराज गौतम/रासस
आजका तस्बिर- माघ १८
घरको छाना छाउँदै ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका-४ स्थित लोकेपाङ्मा गाउँमा स्थानीय घरको छाना छाउँदै। गाउँघरमा अहिले पनि परम्परागत रूपमा खर र परालले घर छाउने चलन छ। तस्बिर: भविन कार्की/रासस
आजका तस्बिर- माघ १८
रणवाङफाँट - खेती ।  म्याग्दीको मङ्गला गाउँपालिका–२ रणवाङ फाँटमा गरिएको गहुँ र तोरी खेती। रणवाङ म्याग्दीको उर्वर खेतीयोग्य जमिन मानिन्छ। तस्बिर: सन्तोष गौतम / रासस
आजका तस्बिर- माघ १८
राष्ट्रिय कायाक प्रतियोगिता ।  गण्डकी प्रदेश खेलकुद परिषद्ले शुक्रबार आयोजना गरेको राष्ट्रिय कायाक प्रतियोगिता २०८१ का प्रतिस्पर्धीहरू। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदीको छिम्केश्वरी क्याम्पबाट नवलपुरको गैंडाकोट–५ स्थित नारायणी नदीको कुसुमघाटसम्म ३५ किलोमिटर दुरीमा प्रतियोगिता आयोजना गरिएको थियो। तस्बिरः टेकराज पोखरेल/रासस
आजका तस्बिर- माघ १८
उच्च पहाड र हिमशृङ्खलाका दृश्य ।  सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल बडिमालिकाको काखमा रहेका विभिन्न उच्च पहाडका थुम्का र हिमशृङ्खलाका दृश्य। तस्बिरः सुशील भण्डारी/रासस
प्रतिक्रिया दिनुहोस्