आजका तस्बिर- माघ १३
आजका तस्बिर- माघ १३
सम्ले गाउँ र आसपासका क्षेत्र ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको सुन्दर सम्ले गाउँ र पृष्ठभूमिमा चर्चित पर्यटकीय स्थल ढुम्बा तालसहित आसपासका क्षेत्र। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- माघ १३
झल्याकोटमा रमाउँदै पर्यटक ।  गुल्मीको धुर्काेट गाउँपालिका–१ नयाँगाउँ झल्याकोटमा रमाउँदै आन्तरिक पर्यटक (विद्यार्थीहरू) । पछिल्लो समय झल्याकोट पर्यटकको रोजाइमा पर्न थालेको छ। तस्बिरः हुमाकान्त पोखरेल/रासस
आजका तस्बिर- माघ १३
बडिमालिकामा हिउँसँग रमाउँदै आन्तरिक पर्यटक ।  बाजुरा जिल्लामा अवस्थित सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा हिउँसँग रामाउँदै आन्तरिक पर्यटक। तस्बिरः सुशील भण्डारी/रासस
आजका तस्बिर- माघ १३
डुडुल चैत्य स्तूप ।  जुम्लाको सदरमुकाम खलङ्गा बजारदेखि उत्तरी भेग चन्दननाथ नगरपालिका–४ मा रहेको डुडुल चैत्य स्तूप। बौद्ध धर्मावलम्बीको अगुवाइमा निर्माण भएको उक्त स्तूप पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाइमा पर्ने परेको छ। तस्बिरः विजय रावत/रासस
आजका तस्बिर- माघ १३
घना बस्ती ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रत्न राजमार्ग र आसपासमा रहेको ९ र १२ नम्बर वडामा रहेको घना बस्तीले भरिएको क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्