आजका तस्बिर- माघ १२
आजका तस्बिर- माघ १२
देवघाटमा भक्तजन ।  तनहुँको देवघाटस्थित पुलमा शनिबार भक्तजनको घुइँचो। देवघाटमा जारी महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- माघ १२
ल्हुरी गाउँ ।  डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–१ स्थित ल्हुरी गाउँ । यहाँ ३० घरधुरी स्थानीयबासीहरु बसोबास गर्छन । तस्बिर : हेमन्त केसी/रासस
आजका तस्बिर- माघ १२
साँख दह ।  रूकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह। दह संरक्षणमा स्थानीय सरकारले चासो देखाएपछि यहाँ आन्तरिक पर्यटकको चहलपहल हुन थालेको छ। तस्बिर:बलबहादुर ओली(बलेन्द्र)/रासस
आजका तस्बिर- माघ १२
चरन क्षेत्रमा चर्दै गरेका चौँरी ।  डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरू। हिमाली क्षेत्रमा ढुवानी गर्ने मुख्य यातायातका साधनका रूपमा चौँरीको प्रयोग गर्ने गरेको पाइन्छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- माघ १२
भुवा नाच ।  अछामको साफेबगरमा सञ्चालित सातौँ साफेबगर महोत्सवमा डोटीको पूर्विचौकी गाउँपालिका साना गाउँका पुरूषहरू भुवा नाच प्रदर्शन गर्दै। तस्बिर: सुशील भण्डारी / रासस
प्रतिक्रिया दिनुहोस्