च्याङ्ग्रे बजार र च्याङ्ग्रे पोखरी । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजार र गाउँपालिकाको प्रमुख आकर्षणको रूपमा रहेको च्याङ्ग्रे पोखरी। तस्बिर: युवराज विष्ट/रासस
आहारा खोज्दै चखेवाका बथान । नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा रहेको कान्तितालमा आहार खोज्दै आगन्तुक चखेवाको बथान। दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न र आहारको खोजीमा चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न देशमा आउने गर्दछन्। तस्बिरः रुपनी जि एम/रासस
सदरमुकाम खलङ्गा तथा आसपास क्षेत्र । जाजरकोटको सदरमुकाम खलङ्गा तथा आसपासको क्षेत्र। तस्बिरः हेमन्त केसी/रासस
नेपाल आर्ट एक्स्पो । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा 'नेपाल आर्ट एक्स्पो २०२५' सुरू भएको छ। बिहीबारदेखि सुरू भएको एक्स्पोमा १४ देशका एक सय १९ कलाकारको कला समेटिएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी