आजका तस्बिर- माघ १०
आजका तस्बिर- माघ १०
हिमश्रृङ्खला ।  लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हरसिंहडाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाल लगायतका हिमश्रृङ्खला र बादल। पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंहडाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ। तस्बिरः जनक श्रेष्ठ / रासस
आजका तस्बिर- माघ १०
शङ्खको प्रतिमा ।  चितवनको खैरहनी नगरपालिका–१० खरखुट्टेस्थित चोकमा राखिएको शङ्खलगायत भगवानको प्रतिमा। शङ्खको प्रतिमा राखेपछि यस चोकको नाम शङ्खचोक भएको छ। तस्बिरः सनद अधिकारी/रासस
आजका तस्बिर- माघ १०
मनास्लु हिमाल ।  मनाङको चामे गाउँपालिका-१ तिमाङबाट देखिएको मनास्लु हिमाल। विश्वका अग्ला हिमशृङ्खलामध्ये आठौं नम्बरमा पर्ने यो हिमालको उचाइ आठ हजार १५६ मिटर रहेको छ। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- माघ १०
जानकी मन्दिर ।  जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर। बिहीबार बिहान यस क्षेत्रमा शीतलहर लागेको छ। तस्बिर: अमरेन्द्रकुमार यादव/रासस
प्रतिक्रिया दिनुहोस्