आजका तस्बिर- माघ ८
आजका तस्बिर- माघ ८
सूर्योदय र जलासय ।  दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ढिकपुरमा रहेको कृत्रिम जलासय र मंगलबार देखिएको सूर्योदयको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ ८
भेरी पुल ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आउने मुख्य प्रवेशद्वारको रूपमा रहेको भेरी नदीमा रहेको पुल। भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाको बीचमा उक्त पुल रहेको छ। कर्णाली राजमार्गसँग रत्न राजमार्ग जोड्ने सडक समेत यहीँ रहेको छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- माघ ८
पोखरी ।  बाँकेको राप्तिसोनारी गाउँपालिका-२ कचनापुरमा व्यावसायिक रूपमा माछा पाल्नको लागि बनाइएको पोखरी र आसपासका क्षेत्र। यहाँ व्यावसायिक माछा पालनको लागि ११ वटा पोखरी बनाइएको छ। तस्बिर: रूपनी जि एम/रासस
आजका तस्बिर- माघ ८
तातोको खोजी ।  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-२ स्थित दुर्गाचोकमा आगोको छेउमा सुतेर न्यानो लिँदै कुकुरका छाउराहरू। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
आजका तस्बिर- माघ ८
मोटरबोटमा रमाउँदै पर्यटक ।  चितवनको नारायणगढस्थित नारायणी नदीमा मोटरबोटमा रमाउँदै आन्तरिक पर्यटक। तस्बिर: हीरालाल गुरूङ/रासस
प्रतिक्रिया दिनुहोस्