आजका तस्बिर- माघ ६
आजका तस्बिर- माघ ६
चिनियाँ नयाँ वर्ष ।  चिनियाँ नयाँ वर्षको अवसरमा ठमेलमा प्रस्तुति दिँदै चिनियाँ नागरिक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- माघ ६
कालीगण्डकीमा जलयात्रा ।  म्याग्दीको बेनीस्थित कालीगण्डकी नदीमा जलयात्रा गर्दै आन्तरिक पर्यटक। बेनीमा पर्यटक आकर्षित गर्न जलेश्वरदेखि म्याग्दी र कालीगण्डकीको दोभानसम्म दुई किलोमिटर दुरीमा जलयात्रा सञ्चालन गरिएको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- माघ ६
सेरिङ्गे नृत्य प्रस्तुत ।  दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरामा नेपाल मगर संघ घोराहीको आयोजनामा सुरु भएको प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला–२०८१ को उद्घाटन सत्रमा हिजो शनिबार सेरिङ्गे नृत्य प्रस्तुत गर्दै घोराहीका स्थानीय मगर कलाकार। पश्चिम नेपालमा विशेष उत्साहका साथ बासुरी र मादलको तालमा नाचिने सेरिङ्गे नाचलाई मयूर नाच पनि भनिन्छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ ६
पेदी गाउँ ।  रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ मा अवस्थित पेदी गाउँ। यहाँ सिँचाइ सुविधा भएकाले कृषिजन्य उत्पादन राम्रो हुने गर्दछ। तस्बिरः बलबहादुर ओली/रासस
प्रतिक्रिया दिनुहोस्