आजका तस्बिर- माघ ५
आजका तस्बिर- माघ ५
ड्रागन डान्स प्रस्तुत गर्दै कलाकार ।  भक्तपुर नगरपालिकाद्वारा शनिबार आयोजित ‘नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव’मा ड्रागन डान्स प्रस्तुत गर्दै कलाकार। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- माघ ५
सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशाला ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन अवस्थामा रहेको प्रदेश रङ्गशाला । प्रदेश गौरवका आयोजनाका रूपमा अघि बढाइएको रङ्गशालाको २० मङ्सिर २०७८ मा तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेका थिए। नौ बिघा क्षेत्रफलमा रहेको रङ्गशाला एक अर्ब ४७ लाख ४७ हजार ६०० रुपैयाँ लागतमा निर्माण भइरहेको रङ्गशालामा आगामी २०८१ चैत २३ देखि ३० गतेसम्म १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- माघ ५
बगरमा चर्दै भेडाच्याङ्ग्रा ।  मुस्ताङको थासाङ गाउँपालिका-२ सिर्कुङ गाउँस्थित कालीगण्डकी बगरमा चर्दै गरेका भेडाच्याङ्ग्रा। कृषकहरू हिउँदेयाममा चरनको अभावमा कालीगण्डकी नदी किनारमा पाइने मुसीकाँडालाई गाईवस्तु र भेडाच्याङ्ग्राको घाँसको रूपमा प्रयोग गर्ने गर्छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- माघ ५
चन्द्रमा ।  दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट शनिबार बिहान देखिएको पञ्चमी तिथिको चन्द्रमा। तस्बिर: कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- माघ ५
सुतैया ताल ।  बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित सुतैया ताल। बाँकेको राष्ट्रिय निकुञ्जसँगै रहेको यो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ। तस्बिरः रुपनी जिएम/रासस
प्रतिक्रिया दिनुहोस्