आजका तस्बिर- पुस २९
आजका तस्बिर- पुस २९
मुस्ताङ ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी नजिकै रहेको चर्चित पर्यटकीयस्थल 'सेल्फी पार्क'बाट देखिएको बादल र पहाडको रमणीय दृश्य। मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ठाउँ आकर्षणको केन्द्र बन्दै गएको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- पुस २९
बौद्धनाथ स्तूप ।  काठमाडौंको बौद्धस्थित विश्व सम्पदामा सूचीकृत बौद्धनाथ स्तूपमा परेवासँग रमाउँदै बालक। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- पुस २९
उखु ढुवानी ।  सर्लाहीको हरिवन नगरपालिका–८, बासाटोलमा उखु बयलगाडामा राखेर स्थानीय इन्दुशङ्कर चिनी उद्योगमा लैजाँदै किसानहरू। तस्बिर: सिंगबहादुर थापा/रासस
आजका तस्बिर- पुस २९
सरस्वतीको मूर्ति बनाउँदै ।  सुनसरीकाे इनरूवा नगरपालिका-२ मा सरस्वती पूजाका लागि माटाकाे मूर्ति बनाउँदै कालिगढ विनोद यादव। सरस्वतीकाे मूर्ति दुई हजार पाँच सयदेखि १८ हजार रुपैयाँसम्ममा बिक्री हुने उनी बताउँछन्। तस्बिर: नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्