आजका तस्बिर- पुस २४
आजका तस्बिर- पुस २४
गुफा पोखरीमा हिमपात ।  सङ्खुवासभाको चैनपुर नगरपालिका-१ मा करिब दुई हजार ९ सय मिटर उचाइस्थित गुफा पोखरीमा हिमपातपछि सेताम्मे आसपासको क्षेत्र। जिल्लाको गुफा, मङ्गलबारे, किमाथाङ्का लगायत माथिल्लो भेगमा मङ्गलबार रातिदेखि हिमपात भएको हो। तस्बिर: भविन कार्की/रासस
आजका तस्बिर- पुस २४
नुम्बुर हिमाल ।  मङ्गलबार हिमपात भएसँगै सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट सेताम्मे देखिएको नुम्बुर हिमाल। तस्बिर: सुवास दर्नाल/रासस
आजका तस्बिर- पुस २४
बोधी स्तुप र तिलोचो हिमाल ।  मुस्ताङको घरपझोङ गाउँपालिका-५ ढुम्बामा रहेको बोधी स्तुप र पृष्ठभूमिमा तिलोचो हिमाल। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- पुस २४
नेवारी नाच टाकटुके नाच्दै विद्यार्थी ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लमजुङको ३४औँ दिवसका अवसरमा बेँसीसहर बजारमा बुधबार र्‍यालीमा नेवारी संस्कृतिमा आधारित टाकटुके नृत्य प्रस्तुत गर्दै बेँसीसहरस्थित ल्यान्ड स्टार बोर्डिङ स्कुलका विद्यार्थी। तस्बिर: जनक श्रेष्ठ/रासस
आजका तस्बिर- पुस २४
बादलुको घुम्टोभित्र घोराही उपमहानगरपालिका र देउखुरी उपत्यकाको भू–भाग ।  दाङको बङ्लाचुली गाउँपालिका–४ स्थित जुम्लेपानीबाट बुधबार बिहान देखिएको बादलको घुम्टोले छोपेको बङ्लाचुली, घोराही उपमहानगरपालिका र देउखुरी उपत्यकाको भू–भाग। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्