आजका तस्बिर- पुस २०
आजका तस्बिर- पुस २०
लुक्ला बजार ।  विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेशद्वार लुक्ला बजार। समुद्री सतहबाट २८६० मिटरको उचाइमा अवस्थित यही उपत्यका हुँदै बर्सेनि हजारौँ पर्यटकहरू सगरमाथा क्षेत्र पुग्छन्। तस्बिरः सुवास दर्नाल/रासस
आजका तस्बिर- पुस २०
साइक्लिङको मज्जा लिँदै आन्तरिक पर्यटक ।  सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा स्काई साइक्लिङको मज्जा लिँदै आन्तरिक पर्यटक। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- पुस २०
छलिया नाच ।  कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटामा शनिबार धर्म जनता माध्यमिक विद्यालयको ५२औँ वार्षिक उत्सव समारोहमा परम्परागत पहिरनमा सजिएर ‘छलिया’ नृत्य प्रस्तुत गर्दै स्थानीय महिला। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- पुस २०
चमेरोको झुण्ड ।  सप्तरीको तिलाठी नाका नजिक रहेको भारतको कुनौली बजारमा शनिबार रूखमा बसेको चमेरोको झुण्ड। तस्बिरः प्रवेशकुमार मिश्र/रासस
आजका तस्बिर- पुस २०
महाकाली लोकमार्ग अवरूद्ध हुँदा स्थानीयलाई सास्ती ।  दार्चुलाको सदरमुकाम खलङ्गा नजिकै महाकाली लोकमार्ग खलङ्गा–गोकुलेश्वर सडकखण्डको महाकाली नगरपालिका–५ किम्तडीस्थित ठड्याकाठा भीरमा सडक अवरूद्ध भएपछि स्थानीयलाई आवतजावतमा सास्ती। गत पुस १५ गतेदेखि अवरूद्ध भएको लोकमार्ग पाँच दिनसम्म सुरू नहुँदा आवतजावतमा सास्ती भएको हो। यो क्षेत्रमा सडक विस्तारको काम चलेको छ। तस्बिरः नरेन्द्रसिह कार्की/रासस
प्रतिक्रिया दिनुहोस्