आजका तस्बिर- पुस १९
आजका तस्बिर- पुस १९
कुहिरोले ढाकेको वीरेन्द्रनगर ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कटकुवाबाट देखिएको कुहिरोले ढाकेको सुर्खेतको वीरेन्द्रनगर र आसपासको क्षेत्र। तस्बिर: सुरेश आचार्य/ रासस
आजका तस्बिर- पुस १९
आहार लिएपछि उडिरहेका पानी हाँस ।  चितवनको राप्ती नदीमा आहार लिएपछि उडिरहेका पानी हाँस। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- पुस १९
तराईमा कुहिरो ।  जनकपुरधाममा शुक्रबार बिहान लागेको बाक्लो कुहिरो। केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँ अधिक चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ। तस्बिरः निरंजनकुमार साह/रासस
आजका तस्बिर- पुस १९
कुम्भकर्ण हिमाल ।  समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा रहेको ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) बाट देखिएको कुम्भकर्ण हिमालको दृश्य। विश्वको ३२औँ अग्लो र नेपालको १५ औँ अग्लो यो हिमालको उचाइ सात हजार ७१० मिटर छ। तस्बिर:दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- पुस १९
गुलेरिया ताल ।  दाङको घोराही उपमहानगरपालिका- १७ स्थित कृत्रिम गुलेरिया ताल र घोराही बजार। घोराही उपमहानगरपालिकाभित्र बनेका दुई दर्जन बढी कृत्रिम बहुउपयोगी तालबाट कृषकहरू लाभान्वित भएका छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्