कुछप तेरङ्गा गुम्बा । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित कुछप तेरङ्गा गुम्बाको नवनिर्मित भवन। बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र यस ऐतिहासिक गुम्बा पुनर्निर्माण गरिएको हो। तस्बिरः सुशीलबाबु थकाली/रासस
मुक्तेश्वर मन्दिर । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियास्थित ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर। पुरातत्व विभागले पुनर्निर्माण गरेको यो मन्दिर परिसरमा धेरै पुराना कलाकृति, इँटा, ढुङ्गा लगायतका भग्नावशेषहरू रहेको छ। यो मन्दिर ११ औँ शताब्दीमा निर्माण भई १३ औं शताब्दीमा भत्किएको पुरातत्व विभागको अध्ययनबाट देखिएको छ। तस्बिर: विश्वनाथ ठाकुर/रासस
बागलुङ बजार । बागलुङ नगरपालिका–९ तित्याङबाट देखिएको बागलुङ बजार र पृष्ठभूमिमा पर्वतको पाङगाउँ। तस्बिरः डम्मर बुढामगर/रासस
जीर्ण अवस्थामा टाइगर टप्स होटल । चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द अवस्थामा रहेको टाइगर टप्स होटल। बाह्र वर्ष देखि बन्द भएको यो होटल अहिले जीर्ण बनेको छ। तस्बिरः सनद अधिकारी/रासस
सूर्योदय । सुर्खेतको वीरेन्द्रनगरबाट बिहीबार बिहान देखिएको उदाउँदै गरेको सूर्य। तस्बिर: सुरेश आचार्य/रासस