आजका तस्बिर- पुस १७
आजका तस्बिर- पुस १७
खानेपानीको जोहो ।  दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराकी स्थानीय महिला दुधे बालकसहित सार्वजनिक धाराबाट डोकोमा खानेपानी बोकेर घरतर्फ आउँदै। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- पुस १७
माछापुच्छ्रे लगायतको हिमाली ।  पोखरा महानगरपालिका–२२ पुम्दिकोटबाट देखिएको माछापुच्छ्रे लगायतको हिमाली दृश्य र फेवाताललाई छेकेको बादल। तस्बिरः राधिका कँडेल/रासस
आजका तस्बिर- पुस १७
मल्कबाङ गाउँ ।  म्याग्दीको छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा अवस्थित मल्कबाङ गाउँ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- पुस १७
फापर खेत गाउँ ।  म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटमा पर्ने फापर खेत गाउँ। ऐतिहासिक खड्गभवानी कोतको पुछारमा रहेको यो गाउँ कृषि उत्पादन र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त छ। तस्बिर:ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- पुस १७
जनमत पार्टीको धोती दिवस ।  सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ। काठमाडौंको माइतीघर मण्डलमा सिके राउतसहित अन्य नेता र कार्यकर्ताहरूको सहभागिताको धोती दिवस मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- पुस १७
मनाइयो १२ औं राष्ट्रिय पोशाक एवं टोपी दिवस ।  जागरूक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्