आजका तस्बिर- पुस ११
आजका तस्बिर- पुस ११
सिँगारिएको सौराहा हात्तीचोक ।  हात्ती तथा पर्यटन महोत्सवको अवसरमा सिँगारिएका सौराहास्थित हात्तीचोक। क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा आजदेखि सुरू हुने १८औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सवको उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। तस्बिरः हीरालाल गुरुङ/रासस
आजका तस्बिर- पुस ११
काँक्रेविहार ।  वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार मन्दिर। वीरेन्द्रनगर उपत्यकाको बिच भागमा जङ्गलको थुम्कोमा रहेको काँक्रेविहार पुरातात्विक र ऐतिहासिक महत्वले भरिपूर्ण छ। २१ मिटर अग्लो शिखरशैलीको मन्दिरक्षेत्र एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- पुस ११
चित्तलको बथान ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नजिक स्याली नदी छेउको झाडीमा देखिएका चित्तलको बथान। तस्बिर: राजेन्द्रप्रसाद पनेरु / रासस
आजका तस्बिर- पुस ११
हुम्लाको श्रीनगरगाउँ ।  हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ र ३ मा पर्ने श्रीनगरगाउँको बस्ती। माटोले छाएका परम्परागत घर रहेका यो गाउँमा पछिल्लो समय टिनले छाएका घर समेत थपिँदै गएका छन्। तस्बिर: दाने बोहरा/रासस
आजका तस्बिर- पुस ११
साइपाल हिमालको आधार शिविर क्षेत्र ।  बझाङ जिल्लाको साइपाल गाउँपालिकामा अवस्थित साइपाल हिमालको आधार शिविर क्षेत्र (बेस क्याम्प)। समुद्री सतहबाट चार हजार २०० मिटरमा पर्ने यस क्षेत्रलाई औँलागाड पनि भनिन्छ। तस्बिरः भूमिराज पिठातोली/रासस
आजका तस्बिर- पुस ११
बटुक पकाउँदै ।  रूपन्देहीको देवदह-६ सरनकालिका आमा समूहका महिलाहरू बटुक पकाउँदै। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्