कन्याम चियाबारी । इलामको सूर्योदय नगरपालिका-७ मा अवस्थित पर्यटकीय क्षेत्र कन्याम चियाबारी। यो क्षेत्र आन्तरिक र भारतीय पर्यटकहरूको रोजाइको केन्द्र बन्दै गएको छ। तस्बिर: रामकुमार लिम्बू/रासस
थानीमाई मन्दिर र कुहिरो । तनहुँको भानु नगरपालिका-९ बसन्तपुरस्थित थानीमाई मन्दिर र पृष्ठभूमिमा कुहिरोको दृश्य। यहाँ विभिन्न जिल्लाबाट पूजाअर्चना र फूलको डोली भित्र्याउन भक्तजनको घुइँचो लाग्ने गर्छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
हिमपहिरोको मार्ग । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित कुम्भकर्ण (फक्ताङलुङ) हिमाल क्षेत्रमा हिमपहिरोले बनाएको मार्ग। तस्बिरः दिलकुमार लिम्बू/रासस