आजका तस्बिर- पुस ९
आजका तस्बिर- पुस ९
कुहिराेले ढाकेकाे अरूण उपत्यका ।  सङ्खुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बग्ने अरूण नदी किनार आसपास कुहिरोले ढाकेको अरूण उपत्यका। यस अरूण नदी आसपास पुस र माघ महिनामा बिहानीपख कुहिरोले ढाक्ने गर्दछ। तस्बिर: भविन कार्की/रासस
आजका तस्बिर- पुस ९
मौरीपालन ।  दाङको घोराही उपमहानगरपालिका-१३ स्थित मौलाकोटमा किसान श्रीधन घर्तीले चरनका लागि राखेको मौरीका घार। तस्बिर: कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- पुस ९
हुम्लामा हिमपात ।  सोमबार रातिदेखि हिमपात भएपछि मङ्गलबार बिहान हिउँले ढाकिएको हुम्ला सदरमुकाम सिमकोटका घरहरू। तस्बिर: दाने बोहरा/रासस
आजका तस्बिर- पुस ९
भेरी नदीमा उद्धार अभ्यास ।  सशस्त्र प्रहरी वलको विपद् व्यवस्थापन वेश चिप्ले क्याम्पबाट खटिएको टोलीले गुर्भाकोट नगरपालिका–८ मेहलकुनास्थित भेरी नदीमा उद्धार अभ्यास गर्दै। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- पुस ९
सुन्तलाको व्यापार ।  कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेका सुन्तला लगायत। यहाँ सुन्तला प्रतिकिलो रु सयका दरले थोकमा बिक्री भइरहेको व्यापारी बताउँछन्। तस्बिर: हरिराम भेटुवाल/रासस
प्रतिक्रिया दिनुहोस्