आजका तस्बिर- पुस ८
आजका तस्बिर- पुस ८
बन्दीपुर ।  तनहुँको पर्यटकीय नगरी पहाडकी रानी नामले परिचित बन्दीपुर बजार। बन्दीपुरको पर्यटन प्रवर्द्धका लागि 'बन्दीपुर भ्रमण वर्ष २०२५' घोषणा गरी विविध कार्यक्रम सञ्चालनको तयारी गरिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- पुस ८
सूर्योदय ।  दाङको घोराही उपमहानगरपालिका-१७ स्थित गुलेरियाबाट सोमबार बिहान देखिएको सूर्योदयको दृश्य र काममा जाँदै गरेका मजदुरहरू। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- पुस ८
मकैका झुत्ता ।  गुल्मीको मदाने गाउँपालिका–६ स्थित पुर्कोटदहको छिर्नेमा घरको कौसीमा झुण्डाई राखिएका मकैका झुत्ता। घुन, किराबाट जोगाई मकैलाई लामो समयसम्म सुरक्षित राख्नको लागि स्थानीयले यस परम्परागत विधि अपनाउने गरेका छन् । तस्बिरः जनार्दन घिमिरे/गुल्मी
आजका तस्बिर- पुस ८
खेतीपाती ।  शुक्लाफाँटा नगरपालिका-३ बागबजारका किसानले खेतमा लगाएको आलु, गहुँलगायतका खेती। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
आजका तस्बिर- पुस ८
निलगिरी हिमाल ।  मुस्ताङको थासाङ गाउँपालिका-२ लार्जुङगाउँ नजिकैको कालीगण्डकी बगरबाट देखिएको निलगिरी हिमाल र आसपासको क्षेत्र। पछिल्लो समय हिमालमा हिउँ घट्दै गएको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रतिक्रिया दिनुहोस्