जनकपुर एनपिएल च्याम्पियन । ओपनर लाहिरू मिलन्थाले उत्कृष्ट ब्याटिङ गरेपछि जनकपुर बोल्ट्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनपकुर पहिलो सिजनको एनपिएल च्याम्पियन बनेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
जनकपुरले पहिलो सिजनको एनपिएल उपाधि जितेपछिको उत्सव । जनकपुर बोल्ट्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को च्याम्पियन बनेको छ। जनकपुरले पहिलो सिजनको एनपिएल उपाधि जितेसँगै उत्सव मनाएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
भुँडीफोर गरुड । कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित पुरैनी ताल छेउको खेतमा घाम ताप्दै गरेको भुँडीफोर गरुडको बथान। रैथाने प्रजातिको यो गरुड तराई क्षेत्रको ताल तलैया र सीमसार क्षेत्रमा बस्ने गर्दछ। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
कान्जिरोवा हिमाल । जुम्ला सदरमुकाम खलंगाबाट दृश्यावलोकन गर्न सकिने डोल्पामा अवस्थित कान्जिरोवा हिमाल। तस्बिरः शूरबहादुर सिंह/रासस
मकालु हिमाल । मौसम खुलेपछि दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको सङ्खुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरीबाट देखिएको मकालु हिमाल लगायतका हिमश्रृङ्खला। तस्बिर: भविन कार्की/रासस