आजका तस्बिर-पुस ५
आजका तस्बिर-पुस ५
तमोर नदीमा काठे पुल ।  ताप्लेजुङको फक्तङ्लुङ गाउँपालिकामा तमोर नदीमाथि निर्माण गरिएको अस्थायी काठे पुल। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर-पुस ५
ठूलो जलेवा चरा ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाही जलाशयमा देखिएका हिउँदको समयमा मौसम छल्न आएका ठूलो जलेवा चरा। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर-पुस ५
पर्यटकीय गाउँ सिक्लेस ।  कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमश्रृङ्खलाको दृश्य। समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित गुरुङ जातिको उद्गमस्थल सिक्लेसमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ। तस्बिर: हरिप्रसाद बास्तोला/रासस
आजका तस्बिर-पुस ५
प्लास्टिक टनेलमा खेती ।  नुवाकोटको म्यागङ गाँउपालिका–३ देउरालीका किसानले प्लास्टिकको टनेलमा गरेको गोलभेंडा खेती। यहाँको किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आइरहेका छन्। तस्बिर:रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्