माछापालन । दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ओखराको कृत्रिम जलाशयमा स्थानीयबासीले माछापालन गर्न बनाएको पिँजडा प्रविधि। भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङको करिब डेढ लाख र स्थानीय उपभोक्ताको ५० हजार गरेर दुई लाख रुपैयाँ खर्च गरेर पोखरीमा पिँजडा निर्माण गरेर माछापालन गर्न थालिएको हो। तस्बिर: कुलदीप न्यौपाने/रासस
क्यामिन कालिका मन्दिर । तनहुँको व्यास नगरपालिका–८ स्थित क्यामिन कालिका मन्दिर। यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन स्थानीयवासी लागेका छन्। तस्बिर: कृष्ण न्यौपाने/रासस
हाँसपालन । शुक्लाफाँटा नगरपालिका-७ जुडाका स्थानीय किसान घरमा पालिएका हाँसलाई चराउनका लागि लैजाँदै। हाँसपालनको कार्य गरी यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
बास्कुनामा सुन्तला टिप्दै । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका कृषक बिहीबार सुन्तला टिप्दै। बास्कुनामा यसवर्ष रु एक करोडभन्दा बढी मूल्य बराबरको सुन्तला उत्पादन भएको किसानको अनुमान छ। यहाँका १६ घरपरिवारले व्यावसायिक सुन्तला खेती गरेका छन्। तस्बिरः सन्तोष गौतम/रासस