सूर्योदय र कुहिरो । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट बुधबार बिहान देखिएको सूर्योदयको दृश्य। सूर्योदय र कुहिरोको दृश्य हेर्न यहाँ आउने आन्तरिक पर्यटक बढेका छन्। तस्बिर: कृष्ण न्यौपाने/रासस
नुवाकोटको गुरूङ गाउँ । नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित गुरूङ गाउँको बस्ती। तस्बिर: हरिराम भेटुवाल/रासस
लक्ष्मीनारायण मठको प्रवेशद्वार । मुलुकभरिकै मठहरूको प्रमुख मानिने महोत्तरीको मटिहानी-७ स्थित लक्ष्मीनारायण मठको मुख्य भवनको प्रवेशद्वारमा रहेका सिंहका प्रतिमा। तस्बिर: गोपालप्रसाद बराल/रासस
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता । अछामको मङ्गलसेन नगरपालिका -६ ठुलासैनबाट बुधबार बिहान देखिएको डाँडापाखा हरियाली र हिमश्रृङ्खलाको मनमोहक दृश्य। तस्बिर: सुशील भण्डारी/रासस
बौद्ध स्तुप स्वयम्भू क्षेत्र । काठमाडौंको प्रसिद्ध बौद्ध स्तुप स्वयम्भू क्षेत्र र त्यस वरपरको दृश्य। तस्वीर : नवीनबाबु गुरूङ/सेतोपाटी