बझाङको धलाैन गाउँ । बझाङको साइपाल गाउँपालिका-१ र २ वडा रहेको धलौन गाउँ। यहाँ पुग्न सवारी साधन पुगेको तलकोटबाट दुई दिन पैदल हिँड्नुपर्छ। यहाँबाट जिल्ला सदरमुकाम चैनपुर पुग्न तीन दिन समय लाग्छ। तस्बिर: भूमिराज पिठातोली/रासस
आँधी खोलामा अस्थायी पुल बनाउँदै । स्याङ्जाको भीरकोट नगरपालिका-४ र ५ को सीमा भएर बहेको सिम्लेस्थित आँधीखोलामा बाँसको फट्के(अस्थायी पुल) बनाउँदै स्थानीय तथा विद्यार्थीहरु । यस ठाउँमा हिउँदको समयमा वर्षेनी फड्के बनाएर खोला वारपार गर्ने गरिन्छ । तस्बिर ः तोलाकान्त बगाले / रासस
डुंगाको यात्रा । कैलालीको टीकापुरदेखि बर्दिया जानका लागि कर्णाली नदीमा डुंगामा सवार यात्रुहरू। टीकापुरदेखि बर्दिया जान आउनका लागि दौलतपुर क्षेत्रमा यात्रुहरू डुंगाको प्रयोग गर्ने गर्दछन्। तस्बिर: ईन्द्राकुमारी केसी/रासस
धान थन्क्याउने चटारो । सुनसरीको इनरुवा नगरपालिका-४ मा धान घर लैजान बोझा बाँध्दै किसान। तस्बिरः नवीन गड्तौला/रासस